काठमाडौं । संसदीय छानबिन विशेष समितिले मंगलबार २०७४ साल भन्दापछिका सहकारी विभागका सबै रजिष्ट्रारसँग छलफल गर्ने भएको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबारको बैठकमा सहकारी विभागका २०७४ देखि यताका रजिष्ट्रारसँग छलफल गर्ने निर्णय गरेको हो ।
संसदीय छानबिन विशेष समितिले २०७४ सालपछि विभागका रजिष्ट्रार रहेका व्यक्तित्वलाई आमन्त्रित गरेको छ ।
सोमबार (आज) संसदीय छानबिन विशेष समितिले बैंकर एसोसिएसनका अध्यक्ष, सहकारी सुझाव समितिका संयोजक डा.जयकान्त राउतसँग छलफल तथा सुझाव लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया