रास्वपाका मन्त्रीहरुले सरकार नछाड्दै छाडे क्वार्टर

लोकपथ
3.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी भएका चार मन्त्रीले राजीनामा नदिए पनि सरकारी क्वाटर छोडेका छन् ।

रास्वपाका मन्त्रीहरुले हामी काम गर्न गएका थियौँ, सुविधा उपभोग गर्नलाई होइन भन्दै गृहमन्त्री रवि लामिछाने र उपसभापति डीपी अर्याल, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र शिक्षामन्त्री सुमनका श्रेष्ठले राजीनामा नदिए पनि सरकारी क्वाटर छोडेका हुन् ।

गृहमन्त्री लामिछाने र उपसभापति डीपी अर्यालले गत १८ असारमै क्वाटर छोडेका थिए । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज छोडेका हुन् । उनले आफू चढेको गाडी र गार्डहरु पनि फिर्ता गरेका छन् । शिक्षामन्त्री श्रेष्ठले पनि क्वाटर छोडेको बुझिएको छ । मन्त्री पद खुस्केर पनि क्वाटर र सुविधाहरु त्याग्न ढिलासुस्ती गर्ने परम्परालाई रास्वपा मन्त्रीहरुले चिरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?