फ्रान्सेली प्रधानमन्त्रीले दिए राजीनामा

लोकपथ
231
Shares

पेरिस । फ्रान्समा चुनावी परिणामपछि उत्पन्न गतिरोधबीच प्रधानमन्त्री ग्याब्रियल एटलले राजीनामा दिएका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँले एटलको राजीनामा अस्वीकार गरेका छन् ।

आइतबार नतिजा आए लगत्तै उनले राजीनामा दिने कुरा गरेका थिए । फ्रान्समा भएको दोस्रो चरणको आम निर्वाचनमा वाम गठबन्धन–न्यु पपुलर फ्रन्टले सबैभन्दा बढी सिट ल्याएको छ भने पहिलो चरणमा नराम्रोसँग पछाडि परेको म्याक्रोँको पार्टी अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थानमा रह्यो ।

पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने अति दक्षिणपन्थी नेशनल र्‍याली पार्टी तेस्रो स्थानमा रह्यो । तर यी तीन दलमध्ये कसैसँग पनि बहुमत नभएकोले त्रिशङ्कु संसद्को अवस्था सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?