आज सुन चाँदीको मूल्य घट्यो

लोकपथ
266
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रूपैयाँले घटेको हो ।सोमबार १ लाख ४५ हजार रूपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ । सोमबार तोलामा १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?