काठमाडौं । युरो २०२४ को खेलका दौरान क्रिस्टियानो रोनाल्डोलाई ‘मिस्टियानो पेनाल्डो’ लेखेको क्याप्सनबारे चौतर्फी आलोचना भएपछि बीबीसीले एक विज्ञप्ति जारी गरेको छ ।
पोर्चुगल र स्लोभानियाबिचको अन्तिम १६ को खेलका दौरान रोनाल्डोले गरेको पेनाल्टी मिसलाई बीबीसीले ‘मिस्टियानो पेनाल्डो’ भनेर क्याप्सन राखेको थियो । अल नासरका स्टार खेलाडीले अतिरिक्त समयको पहिलो हाफमा पेनाल्टीबाट गोल गर्नबाट चुकेका थिए ।
यसपछि उनी मैदानमा नै रुन पुगेका थिए । तर, टाई–ब्रेकरमा यसको भर्पाई गर्दै उनले पहिलो पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । पेनाल्टीमा पोर्चुगल विजयी बनेको थियो ।
आफ्नो मनपर्ने खेलाडीबारे अपमानजनक टिप्पणी गरेको थाहा पाएपछि रोनाल्डोका फ्यानहरूले सामाजिक सञ्जालमा यसबारे आक्रोश व्यक्त गरेका थिए । इंग्ल्यान्ड र चेल्सीका लिजेन्ड जोन टेरीले समेत यसको विरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया