काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कारण नयाँ समीकरण बनेको टिप्पणी गरेका छन्।
प्रधानमन्त्रीले प्रचण्डले गठबन्धन फेरेर देशलाई अस्थिरतातिर लैजान खोजेपछि दुई ठूला दल मिलेर स्थिरतातिर लैजान खोजेको बताए।
मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहेका डा। महतले सो कुरा बताएका हुन्।
‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठीक बाटोमा लगेन। आम जनतालाई पनि विश्वास दिन सकेन। कुरा धेरै भए, काम उल्टो भयो,’ डा। महतले भने, ‘त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठूला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ।’
त्यस्तै अहिले देखिएको अस्थिरताको अवस्था चिर्दै स्थिर मार्गमा देशलाई लैजान र जनताले देख्ने गरी काम गर्न आफूहरु एक ठाउँमा आएको स्पष्ट पारे। साथै दुवै दल ९कांग्रेस–एमाले० ले आपसी छलफल गरेर मात्रै थप कदमहरु चाल्ने उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया