जनै पूर्णिमामा कैलाश पर्वत र मानसरोवरको धार्मिक यात्रा गराउँदै कान्तिपुर होलिडेज

मानसरोवर : जीवनमा एकपटक पुग्नैपर्ने पवित्र धार्मिकस्थल

लोकपथ
2.8k
Shares

काठमाडौं । हिन्दु, वौद्ध, जैन र बोन धर्मावलम्बीहरुकको पवित्रस्थल हो, कैलाश पर्वत र मानसरोवर ताल । ६ हजार ६३८ मिटरको उचाईमा रहेको कैलाश पर्वत र ४ हजार ६ सय मिटरको उचाईमा रहेको मानसरोवर ताल मुख्यतः धार्मिक दृष्टिकोणले महत्वपूर्ण र पुण्य भूमि मानिन्छ ।

चिनको तिब्बत प्रान्तमा पर्ने कैलाश पर्वत र मानसरोवर ताल परिक्रमा गर्न वार्षिक हजारौं पर्यटकहरु पुग्ने गरेका छन् । अङ्ग्रेजी महिनाको मे अर्थात् नेपाली महिना अनुसार जेठ महिनादेखि सेप्टेम्बर अर्थात् भदौ महिनासम्म गरी अधिकतम ४ महिना मात्रै यस क्षेत्रमा जान सकिन्छ । अन्य समयमा अत्याधिक चिसो र हिउँ पर्ने भएकाले आवागमन नै बन्द हुन्छ ।

कैलाश पर्वतलाई शिव र पार्वतीको बासस्थानका रुपमा लिइन्छ र जनै पूर्णिमाको दिन मानसरोवरको भ्रमण गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

पहिले कैलाश पर्वत र मानसरोवर तालको धार्मिक तथा प्राकृतिक महत्वबारे बुझौँ ।

पूर्ण कलशको आकार जस्तै देखिने भएर चिनको तिब्बतमा रहेको पहाडलाई नेपालीहरुले कैलाश पर्वत भनेर चिन्छन् । यस पहाडलाई तिब्बतीहरुले गंग रिन्पोचे भन्छन् भने चिनियाहरुले कैलाशा भन्छन् । अन्य देशका मानिसहरुले माउण्ट कैलाशका नामले यस पहाडलाई चिन्छन् ।

तिब्बती भाषामा गंग रिन्पोचे भनेको हिउँको मोती भएको पहाड हो । कैलाश पर्वतको चुचुरा सँधैजसो हिउँले ढाकिएर सुन्दर देखिने भएकाले यसलाई तिब्बतीहरुले हिउँको मोती भनेका हुन् ।

संस्कृत र नेपालीका विभिन्न धार्मिक ग्रन्थहरु जस्तै महाभारत, स्कन्द पुराण, स्वस्थानी ब्रतकथा आदिमा पनि कैलाश पर्वतको विषयमा बोलिएको छ । भगवान शिव र पार्वतीको बासस्थानको रुपमा लिइने कैलाश पर्वतको परिक्रमा मुख्यतः हिन्दु धर्मावलम्बीहरुको ठूलो आस्थाको विषय हो । कैलाश पर्वतको परिक्रमा र मानसरोपवर तालमा स्नान गरेमा पाप नाश हुने तथा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । धार्मिक पर्यटकहरुले मानसरोवर तालमा स्नान गरी पूजापाठ गर्ने, होम गर्ने, रुद्री पाठ गर्ने गर्छन्, जसले पापबाट मुक्ति मिली मोक्ष प्राप्त हुने र मृत्युपश्चात स्वर्गको ढोका खुल्ने विश्वास गरिन्छ ।

मानसरोवर तालसँगै रहेको राक्षस तालको बारेमा पनि धार्मिक ग्रन्थहरुमा वर्णन गरेको पाइन्छ । शिव पुराणमा लंकाका राजा रावणले शिवजीको तपस्या गर्दा राक्षस तालमा स्नान गरेर तपस्या गरेको भनिएको छ । मानसरोवर तालको पानी स्वादरहित शुद्ध हुँदा राक्षस तालको पानी भने नुनिलो हुन्छ । राक्षस तालको पानी नुनिलो भएको कारण त्यस तालको पानी चरा चुरूङ्गीले पनि नखाने गरेको पाइन्छ । मानसरोवर ताल क्षेत्र धेरै प्रजातिका चरा चुरूङ्गी पाईने क्षेत्र पनि हो ।

जुन पर्वतमा कसैले पाइला टेकेनन्
कैलाश पर्वतको चुचुरोमा आजसम्म कसैले पाइला टेक्न नसकेको बताइन्छ । कसैले पाइला नटेकेको कारण यस पर्वतलाई पवित्र पर्वत मानिन्छ । कैलाश पर्वतलाई कतिपयले पृथ्वीको केन्द्र पनि मान्ने गरेका छन् । पृथ्वीलोक र देवलोकको सम्पर्क गराउने थलोका रुपमा पनि कैलाश पर्वतलाई लिने गरिएको छ ।

चार ठूला नदीको उद्गमस्थल
कैलाश पर्वतको फेदमा रहेको मानसरोवर ताललाई चार ठूला नदीको उद्गमस्थलका रुपमा लिने गरिएको छ । ३ सय २० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको र करिब एकसय मिटर गहिराई रहेको मानसरोवर तालबाट पुर्वमा ब्रम्हपुत्र नदी, पश्चिममा सतलज नदी, उत्तरमा सिन्धु नदी र दक्षिणमा कर्णाली नदी उत्पत्ति भएको विश्वास गरिन्छ । यद्यपि मानसरोवर तालको पानी कुनै स्थानबाट पनि बगेर नदी बनेको देखिँदैन भने यी सबै नदीहरु तालको भित्री भागबाट निस्केको दाबी गरिन्छ । तालबाट पानीको निकास कहीँकतै देखिँदैन ।

कैलाश पर्वत र मानसरोवर ताल : कसरी जाने, कति समय र पैसा लाग्छ ?

कैलाश पर्वत र मानसरोवर तालको परिक्रमा गरी पुण्य कमाउने ईच्छा राखेकाहरुका लागि मुख्यतः श्रावणको दोस्रो सातादेखि भदौको तेश्रो सातासम्म सबैभन्दा उत्तम समय हो । धार्मिक हिसाबले महत्वपूर्ण मानिने भएकाले पनि कैलाश पर्वतको परिक्रमा जनै पूर्णिमा दिन गर्नु सबैभन्दा उत्तम मानिन्छ । कैलाश पर्वत पुग्न नसक्नेहरु कम्तीमा गोसाइकुण्डमा उक्त दिन पुग्ने चाहना राख्दछन् । यही चाहना पूरा गर्नका लागि कान्तिपुर होलिडेजले साउन ३२ गतेदेखि १० दिनको सस्तो मूल्यको कैलाश पर्वत परिक्रमाको प्याकेज ल्याएको छ ।

यस्तो छ, कान्तिपुर होलिडेजले ल्याएको कैलाश पर्वत परिक्रमाको तालिका

कैलाश पर्वत तथा मानसरोवर यात्राका लागि १ लाख ४९ हजार रुपैयाँमा सम्पूर्ण खर्च समेटिने गरी होलिडेजले १० दिनको टुर प्याकेज सार्वजनिक गरेको छ । जसमा काठमाडौंबाट बसमार्फत् त्रिशुली, रसुवागढी हुँदै जाने र सोही बाटो फर्कने तालिका रहेको छ । साउन ३२ गते यात्रा गर्नेगरी फिक्स्ड डिपार्चर डेट तयार पारिएको कान्तिपुर होलिडेजका प्रबन्ध निर्देशक दामोदर ढकालले बताए ।

दिन १ (साउन ३२ गते) : काठमाडौंबाट रसुवागढीसम्मको यात्रा
कैलाश पर्वत र मानसरोवर यात्राको पहिलो दिन काठमाडौंबाट डिलक्स बसमा रसुवा जिल्लाको रसुवागढीसम्म लगिनेछ । त्यहाँसम्मको यात्रा १ सय ५२ किलोमिटर लामो र करिब ७ घण्टाको हुनेछ । रसुवागढी पुगेर त्यहाँ होटलमा राखिनेछ । होलिडेजले नै बिहान तथा बेलुकाको खाना र बस्ने व्यवस्था मिलाउनेछ ।

दिन २ (भदौ १ गते) : रसुवागढीबाट तिब्बतको केरुङसम्मको यात्रा
रसुवागढीको होटलमा ब्रेकफास्ट गरेर त्यहाँबाट चिनको तिब्बतमा पर्ने केरुङतर्फ प्रस्थान गरिनेछ । रसुवागढी नाकामा दुवैतर्फको इमिग्रेसनमा चेकजाँच र इन्ट्री परमिट लिइनेछ । त्यसपछि चिनिया बसमा नै रसुवागढी नाकाबाट २६ किलोमिटर यात्रा गरेर केरुङ बजारमा पुगिनेछ । केरुङ बजार ३ हजार ७ सय मिटरको उचाईमा रहेको छ । दोस्रो दिन केरुङ बजारमै बास बसिनेछ । केरुङको तापक्रम करिब १८ डिग्री सेण्टिग्रेडमा रहेको हुनेछ ।

दिन ३ (भदौ २ गते) : केरुङबाट सागाको यात्रा
यात्राको तेश्रो दिन केरुङको होटलमा ब्रेकफास्ट गरेर त्यहाँबाट सागा भन्ने स्थानसम्म बसमा यात्रा गरिनेछ । यो यात्रा २ सय ५० किलोमिटर लामो हुनेछ र करिब ६ घण्टाको यात्रा हुनेछ । सागाको उचाई ४ हजार ५ सय मिटरमा रहेको छ भने यात्राका क्रममा तिब्बतको सिसापाङ्मा हिमाल र नेपालमा रहेको गौरीशंकर हिमालको दृश्य पनि देख्न सकिनेछ । त्यस दिन सागा पुगेर त्यहाँको होटलमा बसिनेछ ।

दिन ४ (भदौ ३ गते) : सागाबाट मानसरोवर तालसम्मको यात्रा
यात्राको चौथो दिन सागाबाट मानसरोवर तालसम्मको लागि बसमा यात्रा हुनेछ । ४ हजार ५ सय मिटर उचाईमा रहेको मानसरोवर ताल पुग्न सागाबाट कुल ३ सय ८५ किलोमिटर लामो यात्रा गर्नुपर्नेछ । यात्राका क्रममा होर्चु पासबाट कैलाश पर्वतको सुन्दर दृश्य देखिनेछ भने मानसरोवर तालको सुन्दर दृश्य पनि त्यहीँबाट देख्न सकिनेछ । मानसरोवर ताल नजिकै रहेको होटलमा चौँथो दिनको बसाई हुनेछ । यस दिन जनै पूर्णिमाको दिनसमेत भएकाले कैलाश पर्वत र तालको सुन्दरता रातको समयमा अझ मनमोहक देखिनेछ ।

दिन ५ (भदौ ४ गते) : मानसरोवर तालमा स्नान र पूजा, साँझको बास दार्चेनमा
यात्राको पाँचौ दिन अर्थात् भदौ ४ गते बिहानै उठेर मानसरोवर तालमा गई स्नान गर्ने, पूजा गर्ने, हवन वा रुद्री पाठ गर्ने र ध्यान गर्ने लगायतका धार्मिक काम हुनेछन् । पूजाआजाको काम सकिएपछि अपरान्ह होटलमा गएर खाना खाइनेछ र त्यहाँबाट जीपमार्फत् ३० किलोमिटर टाढा रहेको दार्चेन भन्ने स्थानमा पुगी बास बसिनेछ । त्यहाँको उचाई ४ हजार ५ सय ६० मिटर रहेको छ भने त्यहाँको अधिकतम तापक्रम १७ डिग्री सेण्टिग्रेड र न्युनतम तापक्रम १ डिग्री सेण्टिग्रेडको हाराहारीमा रहनेछ ।

दिन ६ (भदौ ५ गते) : दार्चेनबाट पैदल यात्रामा दिरापुक परिक्रमा
यात्राको छैटौँ दिन र कैलाश पर्वत परिक्रमाको पहिलो दिन दार्चेन भन्ने स्थानबाट दिरापुकसम्मको पैदल यात्रा हुनेछ । यो यात्रा करिब ५ घण्टाको हुनेछ । कैलाश पर्वतखण्डको दिरापुक परिक्रमा गरी तार्बोचे हुँदै दिरापुकमा पुगेर होटलमा बास बसिनेछ । दिरापुकको उचाई ४ हजार ८ सय ९० मिटर रहेको छ भने त्यहाँको अधिकतम तापक्रम १५ डिग्री र न्युनतम तापक्रम माइनसमा जानेसम्मको सम्भावना रहन्छ ।

दिन ७ (भदौ ६ गते) : दिरापुकबाट जुथुल्फुक हुँदै डोल्मा ला पासको यात्रा
यात्राको सातौं दिन अर्थात् भदौ ६ गते दुरापुकबाट जुथुल्फुक भन्ने स्थानसम्मको पैदल यात्रा हुनेछ । ४ हजार ७ सय ९० मिटरको उचाइमा रहेको जुथुल्फुक पुग्न ८ देखि १० घण्टासम्म हिँड्नुपर्ने हुन्छ । यो यात्राको कुल लम्बाई २२ किलोमिटर रहेको छ । यही यात्राका क्रममा ५ हजार ६ सय मिटर उचाईमा रहेको डोल्मा ला पासको परिक्रमा समेत हुनेछ । यो दिनको यात्रा केही कठिनाईपूर्ण हुनेछ । डोल्मा ला पासमा केही समय प्राथनाका लागि छुट्याइनेछ र त्यहाँबाट पुनः पैदल यात्राबाट गौरीकुण्ड पुगिनेछ । गौरीकुण्डबाट फर्केर सो रात जुथुल्फुकको गेष्ट हाउसमा बिताइनेछ ।

दिन ८ (भदौ ७ गते) : जुथुल्फुकबाट सागासम्मको यात्रा
यात्राको आठौँ दिन जुथुल्फुकबाट ८ किलोमिटर हिँडेर मानसरोवर होर्चु हुँदै जिप चढ्ने स्थानमा पुगिनेछ । त्यहाँबाट जीप चढेर दार्चेन परिक्रमाको अन्तिम बिन्दुमा पुगिनेछ । त्यस दिनको बिहानको खाना खाएर बस चढेर सागातर्फ लागिनेछ । सो रात सागा पुगेर त्यहीँ बास बसिनेछ ।

दिन ९ (भदौ ८ गते) : सागाबाट केरुङसम्मको यात्रा
यात्राको नवौँ दिन सागाको होटलमा ब्रेकफास्ट गरेर केरुङतर्फ लागिनेछ । २ सय ५० किलोमिटर लामो दुरी यात्रा गर्न करिब ६ घण्टा लाग्नेछ । सो रात केरुङकै होटलमा बिताइनेछ ।

दिन १० (भदौ ९ गते) : केरुङबाट रसुवागढी हुँदै काठमाडौं
यात्राको दशौँ दिन तिब्बतको केरुङबाट बस चढेर रसुवागढी नाकासम्म आइनेछ । त्यहाँबाट इमिग्रेसनको काम सकेर रसुवागढीबाट नेपालतर्फको बस चढी साँझ काठमाडौं आइपुगिनेछ ।

खर्च
कैलाश पर्वत र मानसरोवर ताल यात्राका लागि कान्तिपुर होलिडेजले कुल १ लाख ४९ हजार रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । यो रकममा यातायात खर्च, बिहान, दिउँसो र साँझको खाना तथा बास खर्च, भिसा र प्रवेश दस्तुर लगायतको शुल्क समावेश गरिएको छ । त्यस्तै तिब्बती र नेपाली गाइड, कुक, शेर्पा तथा हेल्परको शुल्क, एउटा डफल ब्याग र पछाडि भिर्ने झोला, फिर्ता गर्नुपर्ने गरी डाउन ज्याकेट तथा कर र सर्भिस चार्जको रकम समावेश रहेको छ ।

यात्रा अवधिभर साकाहारी खाना
कैलाश पर्वत र मानसरोवरको अधिकांश यात्रा धार्मिक यात्रा हुने भएकाले सो यात्रामा शुद्ध साकाहारी खाना मात्रै खुवाइनेछ । लसुन र प्याज नखाने यात्रुका लागि समेत लसुन र प्याज नहाली खाना तयार पारिनेछ । खाना बनाउन नेपालबाटै कुक र हेल्पर लैजाने पनि कान्तिपुर होलिडेजले जनाएको छ ।

कैलाश पर्वत जान १०–७० वर्ष उमेर हुनैपर्ने
कैलाश पर्वत र मानसरोवर ताल जानका लागि तिब्बत प्रदेश सरकारले उमेरहद कायम गरेको छ । चिसो मौसम र उच्च हिमाली भूभाग भएको कारण कैलाश पर्वत जानका लागि उमेर कम्तीमा १० वर्ष हुनैपर्ने छ भने बढीमा ७० वर्षको उमेरहद कायम गरिएको छ । साथै दम लगायतका दीर्घरोगीका लागि यात्रा कष्ठकर हुने भएकाले नजान सिफारिस गर्ने गरिएको छ ।

infomercial content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?