काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री र प्रवक्ता पदबाट हटाइएका डा. मुकुल ढकालले आज बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । काठमाडौंको अनागनगरस्थित टिमुरे रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी आफ्ना कुरा राख्न लागेका जानकारी उनले दिएका छन् ।
मंगलबार रास्वपा केन्द्रीय समितिको बैठकले अनुशासन आयोगको सिफारिसअनुसार उनलाई साधारण सदस्य मात्र रहनेगरी पार्टीका अन्य सबै जिम्मेवारीबाट हटाएको थियो । त्यसलगत्तै उनले फेसबुकमा आफू ‘रवि लामिछाने क्लबबाट मात्र निकालिएको’ भनी टिप्पणी गरेका थिए । साथै बाँकी कुरा भोलि…. भनेर लेखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया