आज सुनको मूल्य स्थिर रहँदा चाँदी घट्यो

लोकपथ
2.5k
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य भने आज घटेको छ । मंगलबार तोलामा १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?