पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित दिपांग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनालाई आज बुधबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा फसेका थिए । सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
यसैगरी सोही महानगरपालिकास्थित सहेलापाटा निवासी वर्ष ५१ का मनबहादुर थापाको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिदा निजको छोरा २२ वर्षीय भीमबहादुर थापा बेपत्ता भएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल नं. २४ कालिका गण र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा विहान ७ बजे उनलाई मृत अवस्थामा फेला पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया