काठमाडौं । नेकपा एमालेले परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निर्णय लिएको छ । बुधबार बसेको एमालेको सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निर्णय लिएको हो ।
सचिवालय बैठकले पार्टीको सहकारी तथा गरिबी निवारण विभागको सचिवमा परितोष पौडेल र भूमि व्यवस्था विभागको सचिवमा विजय पौडेललाई तोकेको छ । यसका साथै सचिवालय बैठकले प्रदेश कमिटीले अनुमोदनका लागि पठाएका केही प्रस्तावहरू अनुमोदन गरेको छ ।
त्यस्तै एमालेले सबै जिल्ला कमिटीहरूलाई साउन महिनाभित्र २०८१ को पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया