मसँग नेपाल बाहेक कुनै देशको पीआर र नागरिकता छैन : शिक्षामन्त्री श्रेष्ठ

लोकपथ
329
Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पोल्याण्डको नागरिकता लिएको भन्ने विषयमा स्पष्टीकरण दिएकी छिन्।

पोल्याण्डका नागरिकसँग विवाह गरेकी श्रेष्ठले पनि त्यहीँको नागरिकता लिएको भन्ने समाचारहरु बाहिरिएको थियो। त्यसलाई बेवास्ता गरेकी शिक्षामन्त्री श्रेष्ठले पोल्याण्डको नागरिकता लिएको भन्दै परेको उजुरीको आधारमा राष्ट्रिय सतर्कता केन्द्रले उनलाई पत्र काटेको छ।

सतर्र्कता केन्द्रले पत्र काटेसँगै सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्र्दै मन्त्री श्रेष्ठले सो आफूले कुनै देशको नागरिकता नलिएको बताए। त्यस्तै आफूले त्यसको विषयमा छानबिनका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्ति गरेकी छिन्।

‘म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पी आर वा नागरिकता लिएकी छैन। ट्याबलोइड सञ्चार माध्यममा सीमित रहदा सम्म जवाफ दिन जरुरी ठानिन तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु। आरोप आफैमा अस्पष्ट छ, कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु,’ मन्त्री श्रेष्ठको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?