काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन्।
आज बसेको माओवादी संसदीय दलको बैठकले विश्वासको मतका लागि सबै दलसँग कुरा गर्ने निर्णय गरेको थियो। अहिले प्रधानमन्त्री प्रचण्डलाई रास्वपा र नेकपा एसको मात्रै साथ छ।
प्रधानमन्त्री र नेकपा एसका दुई शीर्ष नेताहरुबीचको छलफल अहिले जारी छ। कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया