सुन तस्करी प्रकरण : पक्राउ परेकामध्ये १६ जनालाई थुनामा पठाउने आदेश, तीन जनासँग धरौटी माग

काठमाडौं । अवैध सुन तस्करी सम्बन्धी मुद्दामा १७ जनालाई थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले बुधवार हिरासतमा रहेकामध्ये १७ जनालाई थुनामा पठाउने आदेश भएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले कुल ६० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा असार १९ गते मुद्दा दायर गरेको थियो ।

अवैध सुन चोरी पैठारी, सङ्गठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फर्छ्यौट ऐन, नागरिकता किर्ते तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा सिआइबीले ६० जनाविरुद्ध मुद्दा चलाउन प्रतिवेदन दिएको थियो । कुल ३ हजार १९४ किलो सुन तस्करी भएको भन्दै पहिले नै थुनामा रहेका, हाल पक्राउ परेका १९ जना र थुनामा रहेका समेत गरी कुल ६० जनाविरुद्ध मुद्दा चलाइएको थियो ।

३ हजार १९४ किलो सुन तस्करीमा यी हुन् प्रतिवादी बनाइएका ६० व्यक्ति (नामावलीसहित)

मुद्दा चलाइएकामध्ये बुधवार न्यायाधीश कपिलमणि गौतमको इजलासले तीन प्रतिवादीहरू राजु थापा भन्ने प्रेमनाथ सेढाई, कान्छा लामा र एनजे भन्ने मनुराज श्रेष्ठसँग धरौटी माग गरेको छ भन्ने अन्य प्रतिवादीलाई थुनामा पठाउने आदेश भएको छ ।

काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माका अनुसार प्रतिवादीहरू राजु थापा भन्ने प्रेमनाथ सेढाईसँग ५७ लाख, कान्छा लामासँग ९६ लाख र एनजे भन्ने मनुराज श्रेष्ठसँग पनि ९६ लाख नै धरौटी माग गरिएको छ । अन्य १७ जना प्रतिवादीलाई भने थुनामा पठाउने आदेश भएको छ ।

यी हुन् थुनामा पठाउने आदेश भएका प्रतिवादीहरू
१. सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड (भारतीय)
२. प्रशांत गणेश बजबलकर (भारतीय)
३. धिरज दिनेश भोईटे (भारतीय)
४. सुरेन्द्रमान श्रेष्ठ (पक्राउ)
५. राजु खत्री (पक्राउ)
६. बैजनाथ ब्रह्मादत्त गोयल (भारतीय)
७. राजु भोटे वा कुङ्गा टासी शेर्पा भन्ने GENGGA ZHAXI ( चिनिया नागरिक)
८. प्रज्वल आचार्य (नेपाल पेवेल प्रालिका सहायक कार्यकारी प्रबन्धक)
९. सुरज शम्शेर जवरा ( भएका नेपाल पेवेल प्रालिका खाता सञ्चालक)
१०. भिम प्रसाद तिमल्सिना ( नेपाल पेवेल प्रालिका सञ्चालक समितिका अध्यक्ष)
११. फुनसुक डाग्पा अथुपछाङ खम्पा (सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिका सञ्चालक)
१२. काश्यप मानन्धर (सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिका सिइओ)
१३. लाल बहादुर कुँवर (जेके मनी ट्रान्सफर प्रालिका सञ्चालक)
१४. अरुण कुमार यादव (पशुपति ट्रेड कन्सर्नका सञ्चालक)
१५. रूपक भण्डारी
१६. सोनाम गुरुङ भन्ने SHERAB GYALMO (तिब्बती शरणार्थी रही भारतीय कार्ड बनाएका व्यक्ति)

६० किलो सुन तस्करी प्रकरणमा जोडिएर अनुसन्धान गरेको सिआइबीले कुल ३ हजार १ सय ९४ किलो सुन तस्करी भएको र त्यसबापत ३० अर्ब ८४ करोड १ लाख २६ हजार ४४० रुपैयाँ ९० पैसाको कारोबार भएको दाबी गरेको थियो ।

यो पनि …

न्युरोडको लक्की ज्वेलर्सका दुई सञ्चालकविरुद्ध अवैध सुन तस्करी र संगठित अपराधमा मुद्दा दायर

तस्करीको सुन किनबेच गर्ने मुख्य व्यक्ति थिए भारतीय नागरिक अभिजित तानाजी

अवैध सुन तस्करीको ओसारपसार र कारोबारमा संलग्न पहिले नै फरार रहेकासमेत गरी कुल ४६ जना र ६० किलो सुन तस्करी प्रकरणमा मुद्दा चली थुनामा रहेका पुराना १६ जना गरी ६० जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले ५०१ पृष्ठ लामो अभियोगपत्र पेस गरेको थियो ।

सुन तस्करी प्रकरणमा यसअघि प्रतिवादी बनाइएका दावा छिरिङ, जीवन चलाउने लगायतका व्यक्ति, लक्की ज्वेलर्सका दुई सञ्चालक, सुन रिफाइन र किनबेचमा सक्रिय भारतीय नागरिक सिद्धार्थ गायकवाड, पेवेल र सजिलो पेका सञ्चालक लगायतका व्यक्तिविरुद्ध मुद्दा दायर भएको हो ।

अवैध सुन तस्करी सम्बन्धी मुद्दामा १७ जनालाई थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले बुधवार हिरासतमा रहेकामध्ये १७ जनालाई थुनामा पठाउने आदेश भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?