हेटौंडामा प्राथमिक शिक्षक तालिम आयोजना हुँदै

लोकपथ
560
Shares

मकवानपुर । मकवानपुरको हेटौंडा–४ मा अवस्थित नवोदय इनोभेसन सेन्टरले एक वर्ष अवधिको प्राथमिक शिक्षक तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । आधारभुत तह कक्षा ४ देखि ७ सम्मका लागि सक्षम शिक्षक तयार गरी बालकेन्द्रित शिक्षण तयार गर्ने उदेश्यले १ वर्षीय डिप्लोमा र्कोस सञ्चालन गरिन लागिएको आजपत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

तालिममा २४ जनालाई प्रशिक्षण दिइने भएको र प्रशिक्षार्थी भर्नाको लागि कोर्स रजिष्ट्रेसन आरम्भ भैसकेको तालिम कार्यक्रम प्रमुख नरेन्द्र कुमार नगरकोटिले बताए । साथै तालिम पश्चात सहभागिहरुलाई उचित रोजगारीको व्यवस्था समेत गरिने प्रमुख नगरकोटिले बताए ।

कार्यक्रममा शिक्षा दर्शनः प्रगतिशील शिक्षा (४८ घण्टा), भाषा साहित्यशिक्षण (४८ घण्टा), विज्ञान शिक्षण (४८ घण्टा), सामाजिक अध्ययनशिक्षण (४८ घण्टा), गणितशिक्षण (४८घण्टा), शारीरिक शिक्षाशिक्षण (४८ घण्टा), संगीत र कलाशिक्षण (४८ घण्टा), नृत्य शिक्षण (३६ घण्टा), बालबालिकाको समग्र विकास (४८ घण्टा), सिकाइउपलब्धि (१२ घण्टा), बालबालिकामाफोर सि को विकास (१२ घण्टा) लगायतका विषयवस्तु समेटेर कार्यक्रम सञ्चालन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई मासिक पाचँहजार पाचँ सय पचास रुपैंया शुल्क लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?