सुरक्षामा उच्च जोखिम रहेको भन्दै पाइलटहरूले नलिनचोकबाट बन्द गरे हेलिकप्टर उडान

लोकपथ
0
Shares

काठमाडौं । नलिनचोकबाट उडान र अवतरण गर्दा सुरक्षामा उच्च जोखिम रहेको भन्दै पाइलटहरूले नलिनचोकबाट हेलिकप्टर उडाउन बन्द गरेका छन् ।

हेलिपोर्टमा हुनुपर्ने अत्यावश्यक सेवा र सुविधा, उडान र अवतरणमा समस्या भएकाले पाइलटहरूले आजबाट हेलिकप्टर उडाउन बन्द गरेका हुन् ।

भक्तपुरस्थित नलिनचोकमा अवस्थित यो हेलिपोर्ट गत असार ७ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उद्घाटन गरेका थिए।

११ करोड रूपैयाँ लगानीमा बनेको उक्त हेलिपोर्ट पाइलटहरूले वरपरका घरलगायत मानव निर्मित संरचनाले अवरोध गरेको, हेलिपोर्टमा कन्ट्रोल टावर नभएको, उडान भर्ने ठाउँ र पार्किङ क्षेत्र साँगुरो भएको भन्दै उडान रोकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?