काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुन:निर्माणको कार्य सुरु गरेको छ ।
महानगरले दक्षिण पश्चिम भागबाट भद्रकाली परिसरको पुनरुत्थान शुरु गर्ने निर्णय गरे बमोजिम आज उपमेयर सुनिता ढङ्गोलको उपस्थितिमा शिल्यान्यास गरेर पुनर्निर्माणको कार्य सुरु गरिएको हो ।
शिल्यान्यास पछि पञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर ढङ्गोलले निर्माण कार्यलाई कुनै किसिमको राजनीतिक हस्तक्षेप र असफल बनाउने काम नगर्न आग्रह गरिन् ।
भद्रकाली र परिसर बन्नु काठमाडौं महानगरपालिको एउटा पूर्वाधार बन्नु मात्र नभई सांस्कृतिक, ऐतिहासिक र धार्मिक पक्षलाई जीवित राख्ने कार्य रहेको भन्दै छिटो निर्माण गर्न आवश्यक रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया