जसपाको निर्णयः प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, कांग्रेस–एमालेसँग सहकार्य गर्ने

लोकपथ
1.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।

आज बसेको जसपा संसदीय दलको बैठकले सो निर्णय गरेको जसपा संसदीय दलका प्रमुख सचेतक डा। विरेन्द्रप्रसाद महतोले जानकारी दिए।

जसपामा हाल ७ सुांसद रहेका छन्। केही समय अघि उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालबाट फुटेर राईको नेतृत्वमा नयाँ दलका बनेको हो।

त्यस्तै आजको बैठकमा अब बन्ने कांग्रेस–एमाले नेतृत्वको नयाँ सरकारलाई समर्थन गरेर अघि बढ्ने निर्णय समेत भएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए।

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच साथ दिने सबै साना दललाई पनि सरकारमा समेट्नेबारे छलफल भएको हो ।

‘नयाँ नेकपा एमाले र नेपाली कांग्रेस लगायतका दलको सहमतिमा नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय गरिएको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।

त्यसो त यसअघि जसपाले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिए सरकारबाट समेत बाहिरिएको थियो। एमाले लगायतका दलहरुले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिन लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?