काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी कम्पनीमा प्रवाह भएको रकम सम्बन्धमा कारोबारको तथ्य विवरण उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी र गोरखा मिडियालगायतका कम्पनीमा प्रवाह भएको रकम सम्बन्धमा कारोबारको तथ्य विवरण उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई पत्राचार गर्ने निर्णय गरेको हो ।
आज बसेको छानबिन समितिले शिव शिखर, हाम्रो कृषि अभियान, तुल्सी, सुमेरू, सूर्य दर्शन, सुप्रिम, सहारा, सानो पाइला, स्वर्णलक्ष्मी लगायतबाट गोरखा मिडियालगायतका कम्पनीमा प्रवाह भएको रकम सम्बन्धमा कारोबारको तथ्य विवरण उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया