काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । आज शुक्रबार बिहान बसेको पार्टी संसदीय दलको बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो ।
यस्तै, आज पार्टी सभापति रवि लामिछानेले सदनमा सम्बोधन गर्ने पनि रास्वपाले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि आह्वान गरिएको छ । नेकपा एमालेले कांग्रेससँग मिलेर नयाँ समीकरण बनाएसँगै प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
उनले १७ महिनाको बिचमा पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् । यद्यपि, यो पटक ठूला दुई दल कांग्रेस र एमाले नै मिलेर सत्ता सहकार्य गर्ने सहमति गरेकाले उनले विश्वासको मत पाउने सम्भावना छैन । हालसम्म माओवादी, एकीकृत समाजवादी र रास्वपा मात्रै उनलाई मत दिन तयार देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया