काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरोले ठूलो धनजनको क्षति भइरहेको बेला प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र एमाले सरकार परिवर्तनको खेलमा लागेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले प्रतिपक्षले राजीनामा मागेपनि आफूले विपद् न्यूनीकरणको लागि पहल गरिरहेको बताए । उनले भने, ‘हामीले विपद्को पूर्वतयारीको हुनसक्ने पहल गरिएको थियो ।
यत्रो बाढीपहिरोले धनजनको ठूलो क्षति भइरहेको बेलामा हामी सरकार परिवर्तन प्रक्रियाभित्र प्रवेश गर्यौं । प्रतिपक्षका साथीहरूले राजीनामाको कुरा उठाइराख्नुभयो । यस्तो बेलामा पनि सेना, प्रहरी, गृहप्रशासन सबैलाई राखेर क्षतिको रोकथाम गर्नेबारे पहल गरेको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया