ओली लक्षित प्रचण्डको भनाइ : ढाँटछलको पनि एउटा सीमा हुन्छ नि ?

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग सहमति भइसकेपछि पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढाँटेको गुनासो गरेका छन् ।

नेपाली कांग्रेस र एमालेबीच असार १७ गते राति सत्तासाझेदारीको सहमति भएको थियो । समझदारी भइसकेपछि भोलिपल्ट बिहान आफूलाई भेट्न आएका ओलीले आफूलाई ढाँटेको उनको भनाइ थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा पाँचौँपटक विश्वासको मत माग्ने क्रममा उनले ओलीले ढाँटछल गरिरहेको बताए ।

उनले भने, ‘असार १७ गते राति सहमति भइसकेपछि १८ गते बिहान आएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भएकै छैन भन्नुहुन्छ । म फोटो देखाउँछु, तपाईं र शेरबहादुरजीले हस्ताक्षर गरेको फोटो आयो भन्दा पनि उहाँले कहिलेको फोटो रहेछ भन्नुहुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘ढाँटछलको पनि एउटा सीमा हुन्छ नि ? शेरबहादुरजीलाई फोन गरेर तीनवटा पार्टी बस्ने हो अनि मात्रै थाहा हुन्छ भन्नुहुन्छ ।’ उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेपछि मात्रै आफू प्रष्ट भएको पनि बताए । ‘अनि मैले नेपाली कांग्रेसका सभापतिलाई फोन गर्दा, सहमति भएको हो कि के हो ? भनेर प्रश्न गर्दा म ढाँट्न जान्दिन, सहमति भइसक्यो भन्नुभया । सरि । यो तीनवटा बस्न आवश्यक छैन, अब तीनवटा बसेर के गर्ने भइसक्यो, भइसक्यो भन्नुभयो, आफ्नो शैली । यस्तो शैली अपनाउनुपर्छ दुई ठूला दलले ?,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?