नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ ?’ : प्रधानमन्त्री

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो र दोस्रो ठूला दल मिल्दा जहिले पनि लोकतन्त्र कमजोर बनेको र अधिनायकवादलाई प्रश्रय दिएको बताएका छन् । कांग्रेस–एमाले मिल्दा आफूलाई प्रतिगमन र निरंकुशताको चिन्ता रहेको पनि उनले बताएका छन् ।

आज शुक्रबार संसदमा विश्वासको मत लिनेक्रममा उनले भने, नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ ?’ उनले भने, ‘यहाँ त कांग्रेस र एमाले मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न, रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ ।’ उनले भने, ‘तपाईंहरुको यात्रा प्रतिगमनतिर हो भन्ने तपाईंहरुको सहमतिको तरिका, सहमति गरेका ठाउँहरु, सहमतिको तयारी कसका घरमा गर्नुभयो ? हस्ताक्षर कसका घरमा गर्नुभयो ? त्यो समय कुन रोज्नुभयो भन्ने आम जनताले नजिकबाट हेरिरहेका छन् । त्यसको हिसाब राखिरहेका छन् ।’ आफूले सबै भन्ने हो भने लाजमर्दो अवस्था आउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?