काठमाडौं । चितवनको होटल व्यवसायी संघले त्रिशूलीमा बेपत्ता भएको दुईवटा बसमा सवार व्यक्तिका आफन्तलाई खाने बस्ने व्यवस्था मिलाउने भएको छ ।
नारायणगढ-मुग्लिन सडक खण्डको सीमलतालमा गएको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसमा सवार व्यक्तिका आफन्तलाई होटल व्यवसायी संघ चितवनले खाने बस्ने व्यवस्था मिलाउने भएको हो ।
चितवन होटल व्यवसायी संघले दुःखमा परेका मानिसलाई मानवीय सहयोग गर्नुपर्ने महसुस गरेर दुर्घटनामा परी बेपत्ता भएका व्यक्तिका उद्दारमा आउने आफन्तलाई खाने बस्ने व्यवस्था मिलाउन लागेका हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया