चितवनको गोलाघाटमा पुरुषको श*व फेला, बसका यात्रु हुन् होइनन् पहिचान बाँकी

लोकपथ
3.5k
Shares

चितवन । पश्चिम चितवनको गोलाघाटको नदीबीचमा एक व्यक्तिको शव भेटिएको छ ।

मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको प्रहरीले जनाएको छ ।

हिजो शुक्रबार नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको दुईवटा बसको यात्रुहरु खोज्ने टोली परिचालन भइरहेको अवस्थामा गोलाघाटको नदी बीचमा करिब ३०/३५ वर्ष जतिको एक पुरुषको शव भेटिएको हो । शव दुर्घटनामा मृत्यु भएका व्यक्तिको हो होइन यकिन भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?