काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरू माथि हुने भेदभाव सम्बन्धी छोटो फिल्म ‘निलो फुल’ बनाएका सुनिलबाबु पन्तले ‘अजिमा’ निर्माण गरेका छन् ।
‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ नाम दिइएको फिल्ममा काठमाडौंको मातृसत्तात्मक इतिहास, अजिमा देवीहरू र पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरू बीचको सम्बन्धमा केन्द्रित रहेको लेखक एवम निर्देशक पन्तले जानकारी दिए ।
फिल्मले विविध लिङ्ग र कामुकताहरूको अन्वेषण, सांस्कृतिक सम्पदा र हालका लैङ्गिक मुद्दाहरूको गहिरो प्रतिबिम्ब प्रस्तुत गरिएको छ । फिल्म चाँडै नै प्रदर्शनमा ल्याइने उनले जानकारी दिए ।
यसअघिको नीलो फूल पन्त र प्रद्युम्न मिश्रको संयुक्त निर्देशन गरेका थिए । फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटीक्युआइए(प्लस) का सदस्यको र पितृसत्तात्मक सोचले महिलामाथि हुने हिंसाको कथा देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया