नुन पानीले नुहाउनुका फाइदाहरु

लोकपथ
1.2k
Shares

काठमाडौं । हामीहरु दिनहुँ नुहाउने गर्छौं । नुहाउँदा कोहीले तातो पानीको प्रयोग गर्छन् भने कोहीले चिसो पानीको । हामीहरु प्रायः गर्मीमा चिसो र जाडोमा तातो पानीले नुहाउँछौं । तर के तपाईंलाई थाहा छ नुहाउने पानीमा नुन मिसाएर नुहाउँदा स्वास्थ्यलाई अझ धेरै फाइदा पुग्छ भनेर ?

नुनबाट हामी सबै परिचित छौँ । नुन यस्तो चीज हो कि जुन खानामा धेरै वा थोरै भएमा खानाको स्वाद नै बिग्रने गर्छ । नुनले खानालाई स्वादिष्ट बनाउँछ र शरीरको लागि धेरै महत्वपूर्ण छ । नुनले हाम्रो शरीरलाई भित्रबाट स्वस्थ राख्न मद्दत गर्छ । तर खाना बाहेक पनि नुनका अन्य उपयोगहरू छन् । साथै यसलाई नुहाउने पानीमा मिसाएर प्रयोग गर्दा अर्थात् नुन पानीले नुहाउँदा छालादेखि रुघाखोकीसम्मको समस्या समाधान गर्छ । आउनुहोस् नुन पानीले नुहाउनुका फाइदाहरूबारे जान्नुहोस् ।

मांसपेशीलाई आराम मिल्छ

नुहाउने पानीमा एक चम्चा नुन मिसाएर नुहाउँदा मांसपेशी दुख्ने समस्याबाट आराम मिल्छ । यसो गर्दा दिनभरको थकान हट्छ । खासगरी सुत्नुअघि नुन पानीले नुहाउँदा राम्रो निद्रा आउँछ । दिनहुँको हिँड्डुलले शरीरमा दुखाइ भएमा दुखाइ हट्छ । यसरी नुहाउँदा शरीर बाउँडिने, घुँडा र ढाड दुखाइबाट पनि राहत प्रदान गर्छ ।

चिसो र खोकी हट्नेछ

तातो पानीमा दुई चम्चा नुन मिसाएर नुहाउँदा ज्वरो, खोकी र चिसोबाट आराम मिल्छ । यसले नाक र घाँटीको संक्रमण हटाउन मद्दत गर्छ ।

शरीर ‘डिटक्स’ हुन्छ

नुनमा म्याग्नेसियम सल्फेट तत्व रहेको हुन्छ । नुन मिसाएको पानीले नुहाउँदा शरीरलाई डिटक्सिफिकेसन हुन्छ । सल्फेट पोषणले शरीरबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्दछ । नुन पानी छालाको लागि लाभदायक हुन्छ पानीमा एक चम्चा नुन मिसाएर नुहाउँदा चिलाउने, एक्जिमा र छाला सम्बन्धी अन्य समस्याबाट राहत मिल्छ । साथै यसरी नुहाउँदा छालामा चमक आउँछ र मृत कोशिकाहरु पनि हट्छ ।

रक्तसञ्चार बढ्छ

तातो पानीमा एक चम्चा नुन मिसाएर नुहाउँदा शरीरको रक्तसञ्चारमा सुधार हुन्छ, जसले मांसपेशीमा रक्तसञ्चार बढाउँछ ।

तौल घट्छ

नुन पानीले नुहाउँदा शरीरमा रहेको अतिरिक्त पानी हट्छ जसले बढी बोसो जलाउँछ र तौल घटाउन मद्दत गर्छ । साथै, यसले थकान पनि कम गर्छ ।

नकारात्मकता हटाउँछ

नुन पानीले नुहाउँदा शरीरलाई फाइदा पुर्‍याउनुको साथै हामीभित्रको नकारात्मकता पनि हटाउन मद्दत गर्छ । यदि हाम्रो जीवनमा सबै कुरा नकारात्मक चलिरहेको छ भने बिहान नुन पानीले नुहाएर दिनको सुरुवात गर्दा हामीभित्रको नकारात्मक ऊर्जालाई खतम गर्छ । जसले गर्दा हाम्रो घरमा सुख र समृद्धि आउने गर्छ ।

सुनिने समस्या हट्छ

नुन पानीले नुहाउँदा जोर्नी सुन्निने समस्या कम हुन्छ । मांसपेशीहरूले आराम पाउँछन् । पुरानो सुन्निने समस्यामा पनि यो प्रभावकारी साबित हुन्छ । जसले गर्दा थकान हट्छ ।

प्रतिरक्षा वृद्धि

नुन पानीले नुहाउँदा रोग प्रतिरोधी क्षमता पनि बढाउने गर्छ । यसले शरीरबाट रोगहरुलाई टाढा राख्छ । नुन पानीमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ । जसले शरीरलाई शक्ति दिन्छ । नुन पानीमा पाइने एन्टी ब्याक्टेरिया गुणले खतरनाक माइक्रोब्स हटाउन मद्दत गर्छ । साथै नुन पानीले नुहाउँदा शरीरलाई तन्दुरुस्त राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?