काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले अब बन्ने केपी शर्मा ओली नेतृत्वको सरकारमा कम्तीमा चार मन्त्री माग गर्ने भएको छ ।
विशालनगरस्थित शेखर कोइरालाको सचिवालयमा बसेको बैठकले आफ्नो पार्टीले पाउने कुल मन्त्रीमध्ये आफ्नो समूहले चार मन्त्री पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो । एमालेसँगको समझदारीअनुसार कांग्रेसले १० मन्त्रालय पाउने भएको छ ।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार शेखर–गगन समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।
बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, अर्जुननरसिंह केसी, बलबहादुर केसी, जीवन परियार, दिलेन्द्र बडू, डा। मिनेन्द्र रिजाल र डा। चन्द्र भण्डारी सहभागी छन् । बैठक जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया