बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकपथ
0
Shares

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–७ कार्की कटानस्थित सडकमा ना.५ ख ३४९१ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्य भएको छ ।

सोही नगरपालिका–७ शान्तिपुर बस्ने ५२ वर्षीय मोहन खड्काको शनिबार राति घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?