अशोक राई नेतृत्वको जसपाले माग्यो यसअघि सम्हालेकै २ मन्त्रालय

लोकपथ
1.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा यसअघि सम्हाल्दैआएको मन्त्रालय मागेको छ ।

अध्यक्ष अशोक राईले यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जसपालाई दिइएकै मन्त्रालयहरु मागेको उनी निकट एक नेताले बताए । ‘हामीले पुरानै मन्त्रालयहरु मागेका छौं । छलफल चलिरहेको छ,’ उनले भने ।

एमालेलाई साथ दिँदै समर्थन फिर्ता लिएको जसपाले नयाँ मन्त्रिपरिषदमा पुरानै मन्त्रालयहरु दाबी गरेको हो ।

गत १७ असारमा नेपाली कांग्रेस र एमालेबीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएपछि जसपाबाट मन्त्री बनेका नेताहरु प्रदीप यादव र नोवलकिशोर साह सुडीले मन्त्री पदबाट राजीनामा बुझाएका थिए । जसपाले पनि सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?