ओलीको शपथमा सांसदहरूलाई शीतल निवासमा निम्तो

लोकपथ
994
Shares

काठमाडौं । प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले संघीय सांसदहरूलाई निमन्त्रणा पठाएको छ ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई  निमन्त्रणा पठाएको हो । प्रधानमन्त्रीको शपथ कार्यक्रम भोलि बिहान ११ बजे हुने भएकाे छ ।

राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पठाएको पत्रमा भनिएको छ, ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूको भोलि मिति २०८१/३/३१ गते बिहान ११ बजे हुने शपथ ग्रहण समारोहमा उपस्थितिको लागि संघीय संसदका सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी निमन्त्रणा सहितको जानकारी सम्प्रेषण गरिदिने व्यवस्था हुन अनुरोध छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?