यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

लोकपथ
3.2k
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । त्यस्तै मनसुनको न्यूनचापीय रेखा सोमबार सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

महाशाखाले दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने देशभरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ ।

शनिबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाको प्रक्षेपण छ ।

त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही  स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा राति मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति भने केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशका एक–दुई  स्थानमा  भारी  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?