कान्तिपुर होलिडेजले ल्यायो ‘जापान टुर प्याकेज’

मासिक १० हजारको किस्ताबन्दीमै घुम्न पाइने

लोकपथ
4.7k
Shares

काठमाडौँ । घुमघाममा रुचि राख्ने नेपाली पर्यटकका लागि लाजिम्पाटमा कार्यालय रहेको कान्तिपुर होलिडेजले एसियाकै विकसित एवम् शक्तिशाली राष्ट्र जापानको टुर प्याकेज सार्वजनिक गरेको छ । टोकियो सिटी, माउन्ट फुजी लगायतका आकर्षक पर्यटकीय गन्तव्यहरू घुमाइने गरी होलिडेजले ५ रात ६ दिनको जापानको टुर प्याकेज सार्वजनिक गरेको हो ।

कान्तिपुर होलिडेजले काठमाडौँबाट जापान गएर ५ रात ६ दिन बसी काठमाडौँ फर्कने गरी टुर प्याकेज सार्वजनिक गरेको हो । होलिडेजले २ लाख १५ हजार ५ सय रुपैयाँमा संसारकै विकसित देश मध्येको जापानमा नेपाली पर्यटकलाई घुमाउने योजना बनाएको हो ।

कान्तिपुर होलिडेजका प्रबन्ध निर्देशक दामोदर ढकालका अनुसार होलिडेजले अहिलेसम्मकै सस्तो मूल्यमा आरामदायी यात्रा समेत गराउने गरी टुर प्याकेज ल्याइएको बताएका छन् । सबै खर्च एकै पटक जुटाउन नसक्ने नेपाली पर्यटकका लागि सरल किस्ताबन्दीमा घुमेर फर्किने सुविधा समेत उपलब्ध हुने होलिडेजले जनाएको छ ।

कान्तिपुर होलिडेजका अनुसार जापान टुरको समयमा रेगुलर बेसिसमा थ्री स्टार होटेलमा राखिनेछ । २ लाख १५ हजार ५ सय नेपाली रुपैयाँमा होटेलको कोठा र ब्रेकफास्ट, दुईतर्फी हवाई टिकट, स्थानीय टुरका लागि हुने टिकट तथा यातायात खर्च, एयरपोर्टबाट पिक अप तथा ड्रपमा हुने खर्च आदि समावेश गरिएको छ ।

यस्तो छ जापान घुम्ने टुर प्याकेजको आइटीनरी

दिन १ : कान्तिपुर होलिडेजले तयार पारेको आइटीनरी अनुसार पहिलो दिन काठमाडौँबाट जापानको नारिता विमानस्थलमा अवतरण गरी त्यहाँबाट टोकियो सहरमा लगिनेछ । टोकियोको थ्री स्टार होटेलमा ट्वीन वा डबल बेडमा राखिनेछ । आफ्नो साथी पनि नभएको र एक्लै बस्न चाहने ग्राहकका लागि सिङ्गल बेडसमेत उपलब्ध हुने होलिडेजले जनाएको छ ।

दिन २ : जापान यात्राको दोस्रो दिन होटेलमा ब्रेकफास्ट गरेर टोकियो सिटी टुरका लागि लगिनेछ । त्यस क्रममा आसकोसा कन्नोन मन्दिर, स्काईट्री फोटो शूट, सुमिधा रिभर, ऊएनो अमेयोको स्ट्रीट, ईम्पेरिअल प्यालेस फोटो शूट, ओदैबा रैंबो, टोकियोकै मिनाटो सिटीमा रहेको स्ट्याचु अफ लिबर्टी लगायतको प्रमुख पर्यटकीय गन्तव्य समावेश गरिएको छ । दोस्रो दिनको घुमघाम सकिएपछि साँझ होटेलमा ल्याइनेछ र बाँकी समय व्यक्तिगत घुमघामका लागि छाडिनेछ ।

दिन ३ : जापान टुरको तेस्रो दिन बिहान होटेलमा ब्रेकफास्ट गरेर माउन्ट फुजी टुरका लागि लगिनेछ । सोही समयमा माउन्ट फुजी नजिकै रहेको हाकोने भन्ने स्थानमा साइट सिनको व्यवस्था हुनेछ । सोही क्षेत्रमा पर्ने आठ वटा कुवा अर्थात् ओशिनो हक्काइ पोंड, फुजी पिस पार्क लगायतको टुर गराइनेछ । त्यसपछि साँझ ६ बजे होटेलमा लगेर बाँकी समय व्यक्तिगत रूपमा छुट्टाइनेछ ।

दिन ४ : जापान घुमघामको चौथो दिन टोकियोमा सपिङ र घुमघामका लागि ‘फ्रि डे’ का रूपमा छुट्टाइएको छ । कोही आफन्तहरूसँग भेटघाट गर्नुपर्नेछ भने पनि यो दिन तपाईँका लागि उत्तम दिन हुनसक्छ । यदि उक्त दिनमा तपाईँ टोकियोको डिज्नी ल्याण्ड अथवा समुद्री सयर (सी टुर) पनि गर्न सक्नुहुनेछ । यस्तो टुर गर्ने मन भएमा त्यसको व्यवस्थापन टुर अपरेटरले गर्नेछ । यद्यपि त्यसका लागि लाग्ने शुल्क भने ग्राहक आफैँले बेहोर्नुपर्नेछ ।

दिन ५ : जापान टुरको पाँचौँ दिन होटेलमा ब्रेकफास्ट गरी टोकियो सिटीमा सपिङ तथा घुमघामका लागि छुट्टाइनेछ ।

दिन ६ : जापान यात्राको छैटौँ दिन नेपाल फर्कने दिन हो । बिहान होटेलमा ब्रेकफास्ट गरेर टोकियो सिटीबाट करिब एक घण्टाको समय लाग्ने ६७ किलोमिटर टाढा रहेको नारिता एयरपोर्ट लगिनेछ । त्यहाँबाट काठमाडौँका लागि उडान भई साँझ काठमाडौँ आइपुगिनेछ ।

के–के समावेश छ जापान टुर प्याकेजमा ?

कान्तिपुर होलिडेजले तयार पारेको जापान टुर प्याकेजमा थ्री स्टार होटेलको बास तथा ब्रेकफास्टको खर्च, दुईतर्फी हवाई टिकट, जापानको भिसा प्रोसेसिङ र भिसा शुल्क, एयरपोर्ट पिक अप तथा ड्रप शुल्क, टोकियो सिटी, माउन्ट फुजी लगायत स्थानका सिटी टुर खर्च, सिटी टुरमा लाग्ने स्थानीय टिकट आदि खर्च समावेश गरिएको छ ।

ड्राइभर तथा गाइडलाई दिने टिप्स, यात्राका क्रममा खाइने लन्च तथा डिनरको खर्च, आफूले प्रयोग गर्ने थप सेवा र ट्राभल इन्सुरेन्स लगायतका अन्य खर्च भने ग्राहक आफैँले बेहोर्नुपर्ने होलिडेजले जनाएको छ । कुनै ग्राहक थ्री स्टार होटेलमा नबसी फाइभ स्टार होटेलमा बस्न चाहेमा त्यो सुविधासमेत उपलब्ध गराउने होलिडेजले जनाएको छ । तर थ्री स्टार होटेल र फाइभ स्टार होटेलको कोठाको मूल्यमा हुने अन्तर भने ग्राहक आफैँले बेहोर्नुपर्नेछ ।

सुरुमा कुनै शुल्क नतिरी २ वर्षको मासिक किस्ताबन्दीमा समेत घुम्न सकिने

कान्तिपुर होलिडेजले एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक किस्ताबन्दीमा समेत जापान घुम्ने व्यवस्था मिलाएको छ । विभिन्न बैकसँगको सहकार्यमा होलिडेजले मासिक ९ हजार ९ सय ९९ रुपैयाँको २४ महिने सरल किस्ताबन्दीमा समेत रकम भुक्तानी गर्ने गरी घुम्ने व्यवस्था मिलाएको जनाएको छ

infomercial content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?