प्रतिबन्धित औषधीसहित २ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । बाँकेमा प्रतिबन्धित औषधीसहित २ जना पक्राउ परेका छन् ।

कोहलपुर नगरपालिका–१५ का छोटेलाल थारु र भुन्सी थारुलाई नेपालगंज जमुनाह स्थित प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो ।

प्रहरीले भारतको रुपैडियाबाट नेपालगंज तर्फ आउदै गरेको भे.१० प २२५८ नंम्बरको को मोटरसाईकल चेकजाँच गर्दा प्लाष्टिक भित्र Vocet नामक औषधी १००० पिस र Nimesulide Tablets नामक औषधी १००० पिस लुकाई–छिपाइ राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पश्चात आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?