यस्तो छ मन्त्रीहरुको वरीयताक्रम, पहिलो पटक मन्त्री बनेकी आरजु राणा सातौं नम्बरमा

लोकपथ
2.7k
Shares

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् ।

योसँगै मन्त्रीपरिषद २२ सदस्यीय बनेको छ । संविधानअनुसार बढीमा २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न सकिन्छ । जसअनुसार अझै तीन जना मन्त्री बन्नेछन् ।

ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना मन्त्री सरकारमा पठाएका छन् ।

उपप्रधानमन्त्रीको वरीयतामा कांग्रेसका प्रकाशमान सिंह अघि छन् । उननले सहरी विकास मन्त्रीको जिम्मेवारी बहन गर्दा अर्का उपप्रधानमन्त्री विष्णु पौडेल अर्थमन्त्री बनेका छन् ।

१) केपी शर्मा ओली, प्रधानमन्त्री
२) प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास मन्त्रालय
३) विष्णु पौडेल उपप्रधान तथा अर्थ
४) पृथ्वीसुब्बा गुरुङ, सूचना प्रविधि तथा सञ्चार मन्त्रालय
५) रमेश लेखक, गृह
६) शरदसिंह भण्डारी, श्रम रोेजगार मन्त्रालय
७) आरजु राणा, परराष्ट्र मन्त्रालय
८) प्रदीप यादव, खानेपानी मन्त्रालय
९) बलराम अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
१०) दामोदर भण्डारी, उद्योग वाणिज्य
११) नवलकिशोर साह सुडी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
१२) देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१३) तेजुलाल चौधरी, युवा तथा खेलकुद
१४) प्रदीप पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
१५) अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय
१६) बद्री पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय
१७) रामनाथ अधिकारी, कृषि मन्त्रालय
१८) विद्या भट्टराई, शिक्षा मन्त्रालय
१९) मानवीर राई, रक्षा मन्त्रालय
२०) दीपक खड्का, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय
२१) राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
२२) ऐनबहादुर शाही, वन तथा वातावरण मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?