यहि आषाढ २८ गते द नी हिलिङ क्लिनिकको नयाँ परिसरको उद्घाटन समारोह सफलता पूर्वक सम्पन्न भयो । इन्टिग्रेटिभ मेडिसिनको नौलो अवधारणा लिएर खुलेको यस क्लिनिकले विगत दुई वर्ष देखि फिजियो थेरापि, आयुर्वेदिक चिकित्सा र परम्परागत चिनियाँ चिकित्सा एकै ठाउँमा सञ्चालन गरी सेवा दिँदै आएको छ ।
कार्यक्रमको सभापतित्व द नी का अध्यक्ष अर्थोप्डिक सर्जन डा.रुपेश वैध्यले थिए भने प्रमुख अतिथिका रुपमा नेपालको पहिलो महिला आयुर्वेदिक डाक्टर डा. सरिता श्रेष्ठलाई निम्त्याइएको थियो । कार्यक्रममा वरिष्ठ न्यूरोलोजिस्ट डा. सर्वोत्तम श्रेष्ठ, प्रानका अध्यक्ष डा. सुरज भुसाल, ग्लोबल आइ.एम.इ का सि.इ.ओ. डा. रत्न राज बज्राचार्य र राष्ट्रिय भलिबल खेलाडि प्रतिभा मालि पनि विशेष अतिथिका रुपमा उपस्थित थिए ।
भर्खरै दोस्रो वार्षिकोत्सव मनाएको द नी को बारेमा संचालक समिति सदस्य ई.दिनेश लाल श्रेष्ठले जानकारी दिएका थिए भने अर्का संचालक समिति सदस्य डा. करिष्मा मल्ल वैध्यको मन्तव्य संगै कार्यक्रमको समापन भएको थियो ।
द नी हिलिङ क्लिनिक जावलाखेल दामोदार मार्गमा अवस्थित रहेको छ । यस अघि यो क्लिनिक जावलाखेल स्थित स्विस दुतावासको अगाडि रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया