सिमलताल पहिरो : घटनस्थल आसपास शव फेला पर्ने सम्भावना न्यून

लोकपथ
7.4k
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुहरुको शव घट्ना स्थल आसपास फेला पर्ने सम्भावना न्यून बन्दै गएको छ । मंगलबार नवर्तमान गृहमन्त्री रवी लामिछानेसँग कुरा गर्र्दै चितवनका प्रहरी अधिकारीहरुले घट्नास्थलमा शव फेला पर्ने सम्भावना कम रहेको जानकारी गराएका हुन् ।

हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ भने कम्तिमा ४७ को अवस्था अझै अज्ञात छ । पछिल्लो समय दुर्घटना स्थलभन्दा करिब एकसय किमी तल गण्डक व्यारेजमा भेटिन थालेको छ ।‘अब पहिरो गएको क्षेत्रमा बस वा शव छैन् भन्ने अनुमान छ । जति वटा शब यहाँ भेटियो अब यतातिर भेटिने सम्भावनाहरु धेरै कम हुँदै गएको छ । पूर्व र पश्चिम नवलपरासीको बगरहरुमा फेला पर्न थालेको छ, लामिछानेसँग एक प्रहरी अधिकारीले भने ।

यसको साथै, दुर्घटनामा परेकोहरुको परिवारहरु बस्न र खानाको लागि व्यवस्था चितवनको होटल व्यवसायी संघले गरेको पनि प्रहरीको भनाई छ ।‘दुर्घटनामा परेकाहरुको परिवारहरु जिल्ला प्रहरी कार्यालयमा र जिल्ला अस्पतालमा छन् । चितवनको होटल व्यवसायी संघले पनि परिवारहरुलाई बस्न र खानाको लागि व्यवस्था गरिरहनु भएको छ,’ प्रहरी भन्यो । सोही क्रममा निवर्तमान गृहमन्त्री लामिछानेले पनि मौसम विज्ञान विभागले रेड अलर्टमा राखेको ठाँउमा जे भएपनि सवारी चल्न दिन नहुने सुझाव दिएका छन् । ‘मौसम विज्ञान विभागले जोखिममा रहेका ठाँउहरुको बारेमा सूचना दिन्छ । रेड अलर्ट भएको ठाँउमा जे सुकै भएपनि चल्नै नदिने गर्नुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?