मन्थलीको सानीमदौलेमा ज्येष्ठ नागरिकलाई सम्मान

लोकपथ
35
Shares

रामेछाप । मन्थली नगरपालिका–१ को सामुदायिक सिकाई केन्द्र सानीमदौले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

सानीटारमा मंगलबार आयोजित कार्यक्रममा वडा नं १ का ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
कार्यक्रममा २० जना ज्येष्ठ नागरिकलाई बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले सम्मानित गरेका हुन् ।

सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तीर्थ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीलाई उपाध्यक्ष शान्ता सुवेदीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा मन्थलीका विभिन्न पाँचवटा सामुदायिक तथा संस्थागत विद्यालयका बिच अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत तथा मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा मन्थली मावि प्रथम, तामाकोसी अंग्रेजी आवासीय विद्यालय द्वितीय र केब्स स्कुल तृतीय भएका थिए । विजयी विद्यार्थीहरुलाई क्रमशः नगद ५ हजार, ३ हजार र दुई हजार रुपैयाँसहित प्रमाणपत्र वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?