एनिमियाबाट बच्न चाहनु हुन्छ ? यी ड्राई फ्रुट खानुहोस्

लोकपथ
798
Shares

काठमाडौं । खानपानमा भएको परिवर्तनका कारण मानिसमा कमजोरी र थकान जस्ता लक्षणहरू महसुस हुन थाल्छन् । वास्तवमा कतिपयले एनिमियाको पनि सामना गर्नुपर्ने हुन्छ । यो समस्या महिलामा बढी देखिन्छ । एनिमिया पुरुष वा महिला जो कोहीलाई पनि हुन सक्छ । रगतको कमी हुनुमा धेरै कारण हुन सक्छन् । यस्तो समस्यामा रगतमा रहेको रातो रक्त कोशिकाहरू कम हुन थाल्छ । रगतमा दुई प्रकारका कोशिका हुन्छन्, रातो रक्त कोशिका र सेतो रक्त कोशिका । तपाईंले आफ्नो आहारमा परिवर्तन गरेर सजिलै एनिमिया हटाउन सक्नुहुन्छ । आज हामी कुन ड्राई फ्रुट खाँदा एनिमियाबाट बच्न सकिन्छ भन्नेबारे जानकारी दिँदैछौँ ।

किसमिस

रक्त अल्पता हटाउन किसमिसलाई उत्तम ड्राई फ्रुट मानिन्छ । यसमा आइरन, कपर र भिटामिन बी प्रचुर मात्रामा पाइन्छ, जसले रातो रक्त कोशिका बढाउन मद्दत गर्छ । यसमा पाइने आइरनले हेमोग्लोबिन बढाउन र रगतमा अक्सिजनको स्तर बढाउन मद्दत गर्छ । किसमिसलाई दूधमा भिजाएर सेवन गर्न सकिन्छ ।

खजुर

खजुरमा धेरै प्रकारका पौष्टिक तत्व पाइन्छ । यसमा पाइने आइरन, भिटामिन सी र एन्टिअक्सिडेन्टले एनिमियाको समस्यालाई हटाउन मद्दत गर्छ । फलामले हेमोग्लोबिन उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ । भिटामिन सीले फलामको अवशोषण बढाउँछ, शरीरमा फलामको स्तर सुधार गर्न खजुरलाई राम्रो स्रोत मानिन्छ ।

खुबानी

एनिमियाको अवस्थामा, आफ्नो आहारमा खुबानी पनि समावेश गर्न सनिन्छ । दैनिक ५ देखि ६ वटा खुबानी खाँदा रक्त अल्पताको समस्या कम हुन्छ । यसमा पाइने भिटामिन एले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । साथै यसले पोषक तत्वहरूको अवशोषण सुधार गर्दछ ।

आलुबखडा

आलुबखडा बजारमा सजिलै पाइन्छ । पाचन सुधार गर्नका लागि यसको. बोक्रा पनि सेवन गर्न सकिन्छ । आलुबखडाले रक्तसञ्चार मात्र होइन रगत बढाउन पनि मद्दत गर्छ ।

अन्जिर

अन्जिरमा फाइबर, एन्टिअक्सिडेन्ट, आइरन, कपर, भिटामिन बी र अन्य खनिजहरू पाइन्छ । यसको सेवनले एनिमियाबाट छुटकारा पाउँछ । यसले हेमोग्लोबिन स्तरमा सुधार गर्छ । यसका लागि दुईदेखि चारवटा अन्जिरलाई पानी वा दूधमा भिजाएर दिनहुँ खान सकिन्छ । यसले पाचन प्रणाली पनि सुधार गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?