संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज मंगलबार बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परी मृत्यु भएका ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राई सासु बुहारी भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले बताए ।
उनले पहिरोसँगै खसेको विशाल ढुंगाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको बताए । यस्तै, ढुंगाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छन् ।
उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया