सिमलटारदेखि गण्डक व्यारेजसम्म बेपत्ता बस र यात्रु खोज्दै सशस्त्र प्रहरी

लोकपथ
2.7k
Shares

काठमाडौं । गत शुक्रबार चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशूली नदीमा दुर्घटना भई हराइरहेको यात्रुसहितको दुई वटा बस खोजीकार्यका लागि आज मंगलबार सशस्त्र प्रहरीको ३ सय १ जना सुरक्षा फौज घटनास्थलदेखि करिब १ सय ३२ किलोमिटर दूरी रहेको गण्डक व्यारेजसम्म परिचालन भएको छ ।

दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा फौज २ वटा मोटरबोट र ७ वटा -याफ्ट बोटसहित परिचालन भएका छन् ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं। १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा १ सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म परिचालन भएको छ ।

यसैगरी सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरुमा परिचालित भएकोे छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं। २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको सुरक्षा फौज गण्डक व्यारेज इलाकामा परिचालन भएको छ भने सशस्त्र प्रहरी बल नेपाल नं। ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा फौज गैडाकोट नगरपालिका–१० को ईलाकामा परिचालित भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक व्यारेज इलाका, सुरक्षा बेश चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–३ भुटाहा ईलाका र सुरक्षा बेश प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा ईलाकामा परिचालित भएका छन् ।

वीरग१जबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस त्रिशुली नदीमा बेपत्ता भएको थियो ।

खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट २ वटा सोनार डिभाइस, २ वटा मोटर बोट र ६ वटा -याफ्ट बोट प्रयोग भएको छ भने सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट १ सोनार डिभाईस, १ वटा मोटर बोट र ५ वटा -याफ्टसहित जम्मा १४ वटा बोट प्रयोग गरिएको छ ।

हालसम्म फेला परेका १५ वटा शवमध्ये ९ वटाको सनाखत भएको छ भने ६ वटाको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?