काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।
मंगलबार राष्ट्रपति पौडेलले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ पारित गरेका हुन् ।
यो सँगै यी तीन विधेयकले कानुनी रूप लिएर कार्यान्वयनमा गएका छन् ।
संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया