पाटन अदालतमा ६६.०१ प्रतिशत मुद्दा फछर्यौट

लोकपथ
70
Shares

काठमाडौं । उच्च अदालत पाटन र मातहतका अदालतहरुले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन गरेको छ ।
उच्च अदालत पाटनले प्रेस विज्ञप्ति जारी गर्दै ६६.०१ प्रतिशत मुद्दा फछर्यौट भएको जनाएको छ ।

विज्ञप्ति अनुसार आर्थिक वर्ष २०७९–०८० मा ५ हजार ४४ चान मुद्दा जिम्मेवारी गरी आएकोमा आर्थिक वर्ष २०८०/८१ मा थप १० हजार १ सय ९ थान मुद्दा नयाँ दर्ता भएर ६६.०१ प्रतिशत मुद्दा आर्थिक वर्षमा फछर्यौट भएको जनाएको हो । यस्तै फछर्यौट हुन बाँकीमध्ये दुईवर्ष समयअवधी नाघेको मुद्दाको संख्या २१ थान रहेका छन् । गत आर्थिक वर्ष २०७९/८०मा फछर्यौट हुन बाँकी संख्यामध्ये दुई वर्ष नाघेको मुद्दाको संख्या २१७ थान रहेको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा जम्मा लगत अनुमान १३ हजार ६ सय ८७ रहेकोमा अनुमान भन्दा बढी मुद्दा दर्ता हुन आएको र लगत मुद्दा १५ हजार १ सय ५३ कायम भएका छन् । साथै यस आर्थिक वर्षको फछर्यौट लक्ष्य ९ हजार ४ सय ५ रहेकोमा लक्ष्य भन्दा बढी अर्थात १० हजार तीन थान मुद्दा फछर्यौट भई लक्ष्यको तुलनामा १०६.३५ प्रतिशत प्रगति भएको जनाएको छ । अदालतले रिट निवेदनको दर्ता गत वर्षको भन्दा करिव एक हजार संख्याले बढेको जनाएको हो ।

यस आर्थिक वर्षमा ८१० थान मुद्दा मेलमिलापमा पठाईएकोमा २० प्रतिशत मुद्दा सफल भएको छन् । उच्च अदालत पाटन र यस अदालत अन्तर्गत हेटौंडा इजलास तथा मातहतका जिल्ला अदालतहरूमा आर्थिक वर्षमा कुल १ लाख २ हजार ८ सय ८९ थान मुद्दाको लगत रहेकोमा सोमध्ये ५६ हजार ३ सय १४ थान अर्थात ५४.७३ प्रतिशत फछर्यौट भएका छन् । साथै ४६ हजार ५ सय ७५ थान फछर्यौट हुन बाँकी रहेको छन् । गत वर्षको तथ्यांकको आधारमा सम्पूर्ण देशभरकै उच्च अदालतहरुको मुद्दाको भारको तुलनामा पाटन उच्च अदालतमा ३३.१९ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?