२०७७ सालदेखि स्थगित उपप्राध्यापकको लिखित परीक्षा भदौमा हुँदै

लोकपथ
126
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विभिन्न कारणले लामो समयदेखि स्थगित उपप्राध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको आयोगको कार्यालयबाट मिति २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा २०८१ भाद्र ५ गते देखि सुरु हुन लागेको हो । 

त्रिभुवन विश्वविद्यालय आज एक सूचना प्रकाशित गर्दै  परीक्षाको बारेमा जानकारी दिएको छ । 

 प्रथम चरणमा चिकित्सा शास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ । साथै अन्य संस्थान र सङ्कायसँग सम्बन्धित विषयको परीक्षा तालिका प्रकाशित गरिने आयोगले जनाएको छ । तालिका आयोगको वेबसाइटमा प्रकाशित हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?