काठमाडौं । बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनमा भएकाे झडपका कारण बंगलादेशको नेपाली राजदूतावासले नेपाली विद्यार्थीहरूलाई बाहिर ननिस्कन अनुरोध गरेको छ ।
सूचना प्रकाशित गर्दै राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको हो ।
साथै कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
सम्पूर्ण नेपाली विधार्थीहरुको शान्ति सुरक्षा सुनिश्चित गर्न बंगलादेश सरकारका निकायहरू एवम् सम्बधित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवम् समन्वय गरिएको प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया