प्रहरी कुट्ने अधिवक्ता थापाविरुद्ध अख्तियारमा उजुरी

लोकपथ
4.7k
Shares

काठमाडौं । अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ घर भएकी नानी थापाले दोहोरो सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साउन १ गते उजुरी दर्ता भएको हो ।

काठमाडौं जिल्ला अदालतमा २६ वटा मुद्दामा प्रतिवेदन दिएर उनले रकम लिएको जिकिर गर्दै उजुरकर्ताले दोहोरो सुविधा लिएको घटनामा छानबिन र अनुसन्धान गर्न माग गरेका छन् ।

प्रमाणपत्र नम्बर–१६८५१ बाहक थापा सिन्धुपाल्चोक जिल्ला अदालतको वैतनिक वकिल हुन् । रा.प तृतीय शाखा अधिकृत सरहको तलब सुविधा लिने गरी उनी त्यहाँ २०७९ चैत २५ मा नियुक्त भएकी थिइन् । काठमाडौं जिल्ला अदालतमा पनि उनले बाल मनोविज्ञ नियुक्त भएर काम गरेको र तलब, भत्ता बुझेको भेटिएको छ ।

अधिवक्ता थापा तिनै व्यक्ति हुन्, जसले काठमाडौं जिल्ला अदालतमा ड्युटीमा रहेका प्रहरी जवानमाथि हातपात गरेकी थिइन् ।

यो पनि …

‘सिपाही भएर बढ्ता बोल्ने’ भन्दै ड्युटीमा खटिएका प्रहरीमाथि वकिलको चड्कन, जाहेरी दर्ताको तयारी

अदालतमै वकिलबाट प्रहरी कुटिएको घटनामा कर्मचारीले भने ‘वकिलबाट अदालतकै मर्यादामा प्रहार’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?