ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत, अभियुक्त पक्राउ

लोकपथ
623
Shares

काठमाडौं । ललितपुरमा बालिका बलात्कार अभियोगमा एक युवकलाई पक्राउ गरिएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल ट्याम्पोपार्कमा बस्दै आएका खोटाङ केपीलासगढी गाउँपालिका–५ घर भएका २६ वर्षीय नरबहादुर खत्रीलाई बालिका बलात्कार अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

९ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नरबहादुरले ती बालिकालाई ललाईफकाई सोही महानगरपालिका–२८ हरिसिद्धि चाइनिज टायल कारखानाको कम्पाउन्डको खाली जग्गामा लगी बलात्कार गरेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?