होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

लोकपथ
5.6k
Shares

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको आज बिहीबार निधन भएको छ । ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

निमोनिया र बाथरोगबाट पीडित उनी २ महिनायता उपचाररत थिइन् । श्रीमान् द्वारिकादास श्रेष्ठको सपना पूरा गर्न उनले द्वारिकाज होटल सञ्चालनमा ल्याएकी थिइन् ।

उनी गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइकलगायतका पदकबाट सम्मानित समेत भएकी थिइन्।
परिवारका सदस्य जम्मा भएपछि पशुपतिमा उनको दाहसंस्कार गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?