एक किलो भन्दा बढी कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

लोकपथ
308
Shares

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला र भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी छन् । उनीहरुलाई १ साउनमै ठमेल र पिंगलास्थानबाट पक्राउ गरिएको भएपनि आज बिहीबार मात्रै जानकारी दिइएको हो ।

भारतीय जागरिक अन्सारी इन्डिगो एअरलाइन्सबाट मुम्बई हुँदै काठमाडौं आएका हुन् । अन्सारीलाई ठमेलको एक होटलबाट कोकिनसहित ब्युरोले पक्राउ गरेको हो ।

उनले ल्याएको कोकिन नाइजेरियन नागरिक ओबोडोइफुलाबाट रिसिभ गरेको बताएपछि पिंगलास्थानबाट उनलाई पनि पक्राउ गरिएको ब्यूरोका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए । नाइजेरियन लागरिक भने कतार एअरलाइन्सबाट १ साउनमै काठमाडौं आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?