अर्थले फुकायो मधेशको गाँठो, कांग्रेसका ४ मन्त्रीको शपथ ५ बजे

लोकपथ
217
Shares

काठमाडौं । मधेश प्रदेश सरकारमा सहभागी हुन कांग्रेस सहमत भएको छ ।

यसअघि अर्थसहित ४ मन्त्रालय पाउनुपर्ने अडानमा कांग्रेस रहेको थियो । मुख्यमन्त्री सतिशकुमार सिंहले त्यसमा सहमति नजनाउँदा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको कांग्रेस सहमत भएको हो ।

आज मुख्यमन्त्री सिंह कांग्रेसलाई अर्थ मन्त्रालयसहित ४ मन्त्रालय दिन तयार भएपछि सरकारमा सामेल हुन लागेको कांग्रेस प्रमुख सचेतक कुमरकान्त झाले लोकपथलाई जानकारी दिए । साथै नवनियुक्त ४ मन्त्रीको शपथ अपरान्ह ५ बजेका लागि राखिएको उनले बताए ।

‘मुख्यमन्त्रीसँग आज सहमती भएसँगै हामी सरकारमा जान तयार भएका हौँ,’ उनले लोकपथसँग भने, ‘नेपाली कांग्रेसको तर्फबाट ४ मन्त्री सरकारमा सामेल हुँदैछौँ । आजै साँझ शपथग्रहण हुनेछ ।’

उनका अनुसार कांग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिल कुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?